मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले माघ २१ गतेदेखि आईपीओ बिक्री गर्ने

बिहीबार , माघ १० २०८१
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले माघ २१ गतेदेखि आईपीओ बिक्री गर्ने

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

काठमाडौं-ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले माघ २१ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रूपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रूपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले ५ प्रतिशत अर्थात ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ। बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

फागुन ५ गतेसम्म उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। कम्पनीले सेयर जारी गरेपछि चुक्ता पुँजी ६० करोड रूपैयाँ पुग्ने भएको छ।

चितवनमा औषधि उद्योग रहेको यस कम्पनीले २०८० फागुन ४ बाट उत्पादन सुरू गरेको हो। यो उद्योगको लागि आवश्यकमध्ये ६७ प्रतिशत पुँजी ऋणबाट जुटाइएको हो। ३३ प्रतिशत पुँजी सेयरबाट जुटाइने भएको हो। ३३ प्रतिशतमध्ये ३० बराबर रकम सेयर जारी गरेर उठाइने भएको हो।

एनआरएनएको लगानी रहेको ओम मेगाश्री फार्मासिटिकल्सले १८ करोडको आईपीओ बिक्री गर्ने एनआरएनएको लगानी रहेको ओम मेगाश्री फार्मासिटिकल्सले १८ करोडको आईपीओ बिक्री गर्ने

 


प्रकाशित : बिहीबार , माघ १० २०८११२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend