शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

केई एक्स-३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

बिहीबार , माघ १० २०८१
केई एक्स-३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्छ।

काठमाडौं- केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा केई एक्स-३ प्रो ईभी नेपालमा उपलब्ध गराएको छ।

अझै बढी पर्फमेन्स र दक्षतायुक्त एक्स-३ प्रो को सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो अफर केही अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयूभी हुनेछ।

एक्स-३ प्रो एक इलेक्ट्रिक सवारीसाधन मात्र नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगमसमेत हो। यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्छ।

यसले सिंगल चार्जमा ३७० किलोमिटरसम्मको रेन्ज दिन्छ। यसको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ७ घण्टा लाग्छ। यसलाई घरैमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिन्छ। त्यसैगरी डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ।

एक्स-३ प्रो ईभीको लम्बाई ४४४३ एमएम, चौडाई १८३१ एमएम र उचाई १६४६ एमएम छ भने यसको ह्विलबेस २६३२ एमएम छ। यी सबैका कारण पाँच सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ।

केई एक्स-३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी-लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ। यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ। 

विभिन्न पाँच कलर अप्सनमा केई एक्स-३ प्रो ईभी उपलब्ध हुनेछ। नेपालभरि बलियो उपस्थिति रहेको केई नेपालले भाटभटेनी नक्सल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र विर्तामोडस्थित नौवटा शोरूम सञ्चालन गर्दै आएको छ।


प्रकाशित : बिहीबार , माघ १० २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend