शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार , माघ १० २०८१
प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- बिहीबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घटेको छ। यो साता आइतबार र सोमबार घटेर मंगलबार र बुधबार बढेको सुनको मूल्य बिहीबार पुन: ओरालो लागेको हो।

बुधबार प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता मंगलबार प्रतितोला ११ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला १९ सय रूपैयाँले वृद्धि भएको थियो।

बुधबार प्रतितोला २० रूपैयाँले बढेको चाँदीको मूल्य पनि बिहीबार प्रतितोला २० रूपैयाँले घटेको छ।

महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , माघ १० २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend