मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

images
बिहीबार , माघ १० २०८१
images
प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- बिहीबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घटेको छ। यो साता आइतबार र सोमबार घटेर मंगलबार र बुधबार बढेको सुनको मूल्य बिहीबार पुन: ओरालो लागेको हो।

images
images
images

बुधबार प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

यो साता मंगलबार प्रतितोला ११ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला १९ सय रूपैयाँले वृद्धि भएको थियो।

images
images

बुधबार प्रतितोला २० रूपैयाँले बढेको चाँदीको मूल्य पनि बिहीबार प्रतितोला २० रूपैयाँले घटेको छ।

महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , माघ १० २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend