शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

आईटी उद्यमीहरूद्वारा कानूनी सुधारको स्वागत, ‘आईटी उद्योग प्रवर्द्धनमा सरकारको दूरगामी कदम’

बुधबार, माघ ९ २०८१
आईटी उद्यमीहरूद्वारा कानूनी सुधारको स्वागत, ‘आईटी उद्योग प्रवर्द्धनमा सरकारको दूरगामी कदम’

ऐनमा सुधार भएपनि यसका लागि आवश्यक निर्देशिका र कार्यविधि तत्काल बनाएर तीव्र सहजीकरण गर्न पनि संस्थाले आग्रह गरेको छ।

काठमाडौं- सरकारले अध्यादेशबाट कानूनमा गरेको सुधारलाई सूचना प्रविधिको क्षेत्रमा सक्रिय उद्यमीहरूले स्वागत गरेका छन्। 

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेज कम्पनीज (नासआईटी)ले सरकारलाई धन्यवाद दिएको छ। सूचना प्रविधिको क्षेत्रमा रहेका कम्पनीहरूकव प्रतिनिधिमूलक संस्था नासआईटीले यो सुधारले लगानी प्रवर्द्धनमा सहयोग गर्ने विश्वास व्यक्त गरेको छ। 

ऐनमा सुधार भएपनि यसका लागि आवश्यक निर्देशिका र कार्यविधि तत्काल बनाएर तीव्र सहजीकरण गर्न पनि संस्थाले आग्रह गरेको छ। 

सरकारले चालु वर्षको बजेटमार्फत् आगामी १० वर्षभित्र सूचना प्रविधि (आईटी) उत्पादन र सेवाको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य राखेको छ। 

प्रकाशित : बुधबार, माघ ९ २०८११८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend