शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

डिशहोम इन्टरनेट वार्षिक जडानमा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर

बुधबार, माघ ९ २०८१
डिशहोम इन्टरनेट वार्षिक जडानमा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर

पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन्।

काठमाडौं- डिशहोमले आफ्नो सबै इन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ।

कम्पनीले सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित नि:शुल्क राउटरको अफर ल्याएको छ। आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन्।

नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित : बुधबार, माघ ९ २०८११२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend