शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

दुई दिनमा प्रतितोला तीन हजार रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार, माघ ९ २०८१
दुई दिनमा प्रतितोला तीन हजार रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला एक हजार ९ सय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला २० रूपैयाँले महँगिएको छ।

काठमाडौं- यो साता आइतबार र सोमबार घटेर मंगलबार बढेको सुनको मूल्य बुधबार पनि वृद्धि भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला एक हजार ९ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार रूपैयाँ कायम छ।

मंगलबार प्रतितोला एक हजार एकसय रूपैयाँले वृद्धि हुँदै सुनको मूल्य प्रतितोला एक लाख ५८ हजार एकसय रूपैयाँ कायम थियो। मंगलबार र बुधबार गरी दुई दिनमा सुनको मूल्य प्रतितोला तीन हजार रूपैयाँले वृद्धि भएको हो।

यस्तै मंगलबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार पनि प्रतितोला २० रूपैयाँले बढेको छ।

बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, माघ ९ २०८१११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend