मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

दुई दिनमा प्रतितोला तीन हजार रूपैयाँले बढ्यो सुनको मूल्य

images
बुधबार, माघ ९ २०८१
images
दुई दिनमा प्रतितोला तीन हजार रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला एक हजार ९ सय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला २० रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- यो साता आइतबार र सोमबार घटेर मंगलबार बढेको सुनको मूल्य बुधबार पनि वृद्धि भएको छ।

images
images
images

बुधबार सुनको मूल्य प्रतितोला एक हजार ९ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार रूपैयाँ कायम छ।

images
images

मंगलबार प्रतितोला एक हजार एकसय रूपैयाँले वृद्धि हुँदै सुनको मूल्य प्रतितोला एक लाख ५८ हजार एकसय रूपैयाँ कायम थियो। मंगलबार र बुधबार गरी दुई दिनमा सुनको मूल्य प्रतितोला तीन हजार रूपैयाँले वृद्धि भएको हो।

images
images

यस्तै मंगलबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार पनि प्रतितोला २० रूपैयाँले बढेको छ।

बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, माघ ९ २०८१११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend