शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

मंगलबार, माघ ८ २०८१
कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।

काठमाडौं- कुमारी बैंक लिमिटेड र काठमाडौंको नक्सालस्थित वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच सम्झौता भएको छ।

कुमारी बैंकका ग्राहकलाई वात्सलय नेचुरल आईभीएफको देशभर रहेका शाखाहरुबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजार रूपैयाँको छुट मिल्ने बताइएको छ।

साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको छ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।


प्रकाशित : मंगलबार, माघ ८ २०८११३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend