शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला ११ सय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार, माघ ८ २०८१
प्रतितोला ११ सय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले वृद्धि हुँदा चाँदी पनि प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला एक हजार एकसय रूपैयाँले वृद्धि भएको छ।

सोमबार प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला एक लाख ५८ हजार एकसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार स्थिर रहेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १५ रूपैयाँले बढेको छ। 

मंगलबार चाँदी प्रतितोला प्रतितोला एक हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार प्रतितोला एक हजार ८ सय ६० रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, माघ ८ २०८१११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend