काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
प्रतितोला एकसय रूपैयाँले घटेर सोमबार सुन प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन प्रतितोला एक लाख ५७ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी आज प्रतितोला एक हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।