शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनचाँदीको मूल्य घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ६ २०८१
सुनचाँदीको मूल्य घट्यो

चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला आठ सय र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

गत शुक्रबार प्रतितोला एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ। 


प्रकाशित : आइतबार, माघ ६ २०८११२:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend