शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले फोर-ह्विलर ब्रान्डहरूको ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गर्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ४ २०८१
images
images
शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले फोर-ह्विलर ब्रान्डहरूको ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गर्दै
images
images

काठमाडौं- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले ३-दिने ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना सुरू गरेको छ। यो बृहत अटोमोबाइल प्रदर्शनी ५ देखि ७ माघसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुन गइरहेको छ।

images
images
images

निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डको लागि अधिकृत डिलर एलिट मोटर्स प्रालि, तथा लिपमोटर र सिट्रन ब्रान्डका लागि अधिकृत डिलर ‘एस.एस.एल मोटर्स कम्पनि’द्वारा आयोजना हुने यस तीन-दिने कार्यक्रममा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट-ड्राइभ गर्न सक्नेछन्। साथै आकर्षक छुट तथा डिस्काउन्टको अवसर प्राप्त गर्नेछन्।

images

नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नामहरू: शारडा ग्रुप र गोल्छा अर्गाइजेसनको सहकार्यमा यो कार्निभल आयोजना सुरू भएको हो।

images
images
images

शारडा ग्रुपले ओमोडा, जेइको, जिकर (इभि सेग्मेन्ट), र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडलहरू प्रदर्शन गरिरहेको छ भने गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रन इ-सि-३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गरिरहेको छ।

सहभागीहरूले यी सवारी साधनहरूको टेस्ट-ड्राइभ गर्ने, आफ्नो पुरानो तथा हालको गाडी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनसको फाइदा उठाउने, र प्रतिस्पर्धात्मक बैंक ब्याजदरमा ८० प्रतिशत सम्मको फाइनान्सिङ सहित ठाउँको ठाउँ वित्तीय सहजीकरण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ।

साथै यस कार्निभलले सहभागीहरूलाई प्रख्यात गाडीका ब्रान्डहरूको नवीनतम मोडेलहरूको उत्साहजनक टेस्ट-ड्राइभका साथै र बजारको उत्कृष्ट प्रतिस्पर्धात्मक एक्सचेन्ज अफरहरूको लाभ लिन एक महत्वपूर्ण अवसर प्रदान गर्दछ।

विभिन्न आधुनिक गाडीहरूको प्रदर्शन र टेस्ट-ड्राइभबाहेक, कार्निभलले अन्य आकर्षक र लाभदायी विशेषताहरू पनि प्रदान गर्नेछ। सहभागीहरूले कार्निभल अवधिभर विशेष छुट, अफर तथा बजारमै प्रतिस्पर्धात्मक डिलको लाभ लिन सक्नेछन्। हरेक गाडीको खरिदमा नि:शुल्क एक्सेसरिजको सुविधा र कम्प्लिमेन्टरि ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश रहेको छ। साथै, विद्युतीय सवारी साधन खरिद गर्नेहरूलाई घरमा नै सहज चार्जिङका लागि नि:शुल्क ७ किलोवाटको वाल चार्जर प्रदान गरिनेछ।

पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल, नयाँ गाडी खरिद गर्न चाहने, गाडी तथा इभि पारखीहरूलाई कार्निभलमा भव्य सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछ। पोखरा वा नजिक हुनुहुने महानुभावहरूले यही ५ देखि ७ माघसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना भइरहेको यस विशेष अटोमोबाइल कार्निभलमा सहभागी भइ अत्याधुनिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव गर्न र आकर्षक डिस्काउन्ट तथा अफरहरूको लाभ उठाउन सक्ने छन्।

शारडा समूह नेपालमा एक अग्रणी विविध व्यापार ग्रुप हो। ग्रुपले औद्योगिक वस्तुदेखि विभिन्न टिकाऊ उपभोग्य वस्तुको उत्पादन तथा व्यापार गर्दछ। शारडा ग्रुप नेपालको अटोमोबाइल्स उद्योगमा पनि अग्रणी भूमिकामा रहेको छ।

शारडा ग्रुपअन्तर्गत ओमोडा र जेइको को लिमिटेडको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि, र जिकर गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले नेपाली ग्राहकहरूका लागि विश्वका उत्कृष्ट, नवीनतम विद्युतीय सवारी साधनहरू आपूर्ति तथा बिक्री गर्दछ। 

गोल्छा अर्गनाइजेसन नेपालको अग्रणी औद्योगिक समूह हो, जसले १०० वर्षको अनुभव बोक्दछ। यही समूहका संस्थापक स्वर्गीय रामलाल गोल्छाद्वारा सन् १९३७ मा नेपालको पहिलो उद्योग विराटनगर जुट मिलको स्थापना भएको थियो।

सुरुवातदेखि नै गोल्छा परिवार नेपालको सबैभन्दा ठूलो व्यवसायिक समूहको रूपमा निरन्तर अघि बढिरहेको छ र देशको अर्थतन्त्रमा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

शारडा ग्रुपको अटोमोबाइल क्षेत्रमा बलियो उपस्थिति रहेको छ र नेपाली बजारमा विश्वव्यापी रूपमा मान्यता प्राप्त ब्रान्डहरू भित्र्याउने र नेपाली ग्राहकमाझ वितरण गर्ने काम गरिरहेको छ।


प्रकाशित : शुक्रबार, माघ ४ २०८११८:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend