काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय र चाँदी ५० रुपैयाँले बढेको छ।
बिहीबार प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ। आज शुक्रबार स्थानीय बजारमा चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य २ हजार ७ सय १४ दशमलव ९८ अमेरिकी डलर कायम भएको छ।