शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भाटभटेनी क्लब मेम्बर्सलाई २२ करोडको 'गिफ्ट भौचर'

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ४ २०८१
भाटभटेनी क्लब मेम्बर्सलाई २२ करोडको 'गिफ्ट भौचर'

कम्तिमा १३ सयदेखि २ लाखसम्मको गिफ्ट भौचर ती सदस्यले प्राप्त गरिसकेका छन्। यसरी बाँडिने गिफ्ट भौचर कुल २२ करोड ५२ लाख ४९ हजार ३२४ रुपैयाँ बराबर हुनेछ।

काठमाडौं- भाटभटेनी सुपर स्टोर्सले आफ्ना नियमित ग्राहकहरूलाई यो वर्ष २२ करोड रुपैयाँभन्दा बढी रुपैयाँ बराबरको गिफ्ट भौचर उपहारको घोषणा गरेको छ। यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले आफूले पाएको गिफ्ट भौचर बराबरको सामग्री देशभर फैलिएको २७ वटा भाटभटेनी स्टोर्समा जहाँबाट पनि खरिद गर्न सक्नेछन्।

यो उपहार भाटभटेनी क्लबका सदस्यता प्राप्तगर्ने मध्येका एक लाख नौ हजार ग्राहकहरूले प्राप्त गर्नेछन्। भाटभटेनी क्लबमा सदस्य रहेका लाखौँ ग्राहकमध्ये एक लाख नौ हजार ५२९ जनाले गिफ्ट भौचर प्राप्त गरेको सीओओ पानु पौडेलले जानकारी दिए। 

कम्तिमा १३ सयदेखि २ लाखसम्मको गिफ्ट भौचर ती सदस्यले प्राप्त गरिसकेका छन्। यसरी बाँडिने गिफ्ट भौचर कुल २२ करोड ५२ लाख ४९ हजार ३२४ रुपैयाँ बराबर हुनेछ। 

सीओओ पौडेलका अनुसार गिफ्ट भौचर बाँड्ने कार्य २०८१ माघ ६ गते देखि फागुन ९ गतेसम्म रहने छ। 

भाटभटेनी सुपर स्टोर्सले आफ्ना ग्राहकहरूका लागि धेरै प्रकारको सुविधाका प्याकेज बेला बेलामा घोषणा गर्दै आएको छ। चाडबाड र पर्वहरूमा पनि सधैं विशेष छुट दिँदै आएको पनि पौडेलले बताएका छन्। 

ग्राहकको सुविधा बाहेक पनि भाटभटेनी सुपर स्टोर्सका अध्यक्ष मीन बहादुर गुरुङले सामाजिक सेवामा ठूलो योगदान दिंदै आएका छन्। गएको असोज महिनामा काठमाडौं र देशका अन्य क्षेत्रमा आएको बाढी पीडितको सहयोगका लागि उनले प्रधानमन्त्री केपी शर्मा ओली मार्फत एक करोड ११ लाख ११ हजार १११ सहयोग गरेका थिए। 

त्यस्तै नेकपा (एमाले)को कार्यालय सो बाढीको डुबानमा परे पश्चात गुरुङले करिब १० रोपनी जग्गा एमाले कार्यालय बनाउन सहयोग गर्ने र त्यसमा भवन पनि बनाइदिने घोषणा गरेका छन्। त्यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल (कियोच) लाई ४१ करोड रुपैयाँ सहयोग गरेका छन्। 

त्यसबाहेक पनि जाजरकोटको भूकम्पको बेलामा सहयोग गर्ने, टिचिङ अस्पतालको इमर्जेन्सी भवन बनाइदिने, दुर्गम क्षेत्रका जेहन्दार बिद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा डाक्टर पढाउने जस्ता अनेक सामाजिक कार्यमा मीन बहादुर गुरुङको देन रहेको छ।


प्रकाशित : शुक्रबार, माघ ४ २०८११०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend