शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चितवन महोत्सवमा स्काइवेलको १ करोडको गाडी बिक्री

बिहीबार , माघ ३ २०८१
चितवन महोत्सवमा स्काइवेलको १ करोडको गाडी बिक्री

ईटी५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका लागि उपलब्ध रहेका छन्।

काठमाडौं- स्काइवेलका विद्युतीय सवारीको नेपालको आधिकारिक वितरक जी मोटर्स प्रालिले 'चितवन महोत्सव २०८१' मा नेपालकै सर्वाधिक रेन्ज ६२० किमी दिने प्रिमियम ईभी ईटी५ को १ करोडमाथिको बिक्री तथा डेलिभरी गरेको छ।

जी मोटर्स प्रालिका बिजनेस हेड युगप्रसाद रिमालले स्काइवेलको प्रिमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले जानकारी दिए। आगामी दिनमा चितवन क्षेत्रको बजारलाई मुख्य बजारको रुपमा लिएर अगाडि बढ्ने उनले बताए।

चितवन महोत्सवमा स्काइवेलकै प्रिमियम र लङ्ग रेन्ज रोज्नुको कारण नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड क्लियरेन्स भएको एवम सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधासम्पन्न जीप त्यो पनि ईभीमै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त हुनु रहेको कम्पनीले जनाएको छ।

अब चाँडै नै चितवनमा सेल्स, सोरुम, सर्भिस र पार्ट्स चितवनका ग्राहकलाई सहजरुपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता छ। साथै बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रिमियम ईभीले नेपाली बजार एवम् ग्राहकमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ।

हाल नेपालमा १४० वटाभन्दा बढी स्काइवेलका ईटी५-६२० किमी प्रिमियम विद्युतीय एसयूभी बिक्रीवितरण भइसकेका छन् भने चितवन महोत्सवमा ५ भन्दा बढी बुकिङ रहेको कम्पनीले जनाएको छ। ईटी५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका लागि उपलब्ध रहेका छन्। 

नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर, परफर्मेन्स र उच्च १५० किलोवाट पावरका कारण नेपालका सबै किसिमका भूभागमा सहजै यात्रा गर्न सक्नेछन्।

स्काइवेल ६५ भन्दा बढी देशहरु जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।  


प्रकाशित : बिहीबार , माघ ३ २०८११६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend