शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला १२ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

बिहीबार , माघ ३ २०८१
प्रतितोला १२ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रूपैयाँले वृद्धि भएको छ भने चाँदी पनि प्रतितोला ५० रूपैयाँले महँगिएको छ।

काठमाडौं- बिहीबार सुन प्रतितोला एक हजार दुईसय रूपैयाँले महँगिएको छ भने चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले वृद्धि भएको छ।

बुधबार प्रतितोला एक लाख ५५ हजार चारसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला एक लाख ५६ हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ३० रूपैयाँ कायम थियो।


प्रकाशित : बिहीबार , माघ ३ २०८१११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend