शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार, माघ २ २०८१
प्रतितोला चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला १० रूपैयाँले महँगिएको छ।

काठमाडौं- मंगलबार घटेको सुनको मूल्य बुधबार पुन: उकालो लागेको छ। बुधबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले बढेर प्रतितोला एक लाख ५५ हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला एकसय रूपैयाँले वृद्धि भएको थियो। मंगलबार भने प्रतितोला ८ सय रूपैयाँले घटेर सुन प्रतितोला एक लाख ५५ हजार रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदी पनि प्रतितोला १० रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार तोलामा ४० रूपैयाँले घटेर प्रतितोला एक हजार ८ सय २० रूपैयाँ मूल्य कायम भएको चाँदी बुधबार प्रतितोला एक हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, माघ २ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend