मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

प्रतितोला चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

images
बुधबार, माघ २ २०८१
images
प्रतितोला चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला १० रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- मंगलबार घटेको सुनको मूल्य बुधबार पुन: उकालो लागेको छ। बुधबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले बढेर प्रतितोला एक लाख ५५ हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ।

images
images
images

यो साता आइतबार प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला एकसय रूपैयाँले वृद्धि भएको थियो। मंगलबार भने प्रतितोला ८ सय रूपैयाँले घटेर सुन प्रतितोला एक लाख ५५ हजार रूपैयाँमा कारोबार भएको थियो।

images
images

बुधबार चाँदी पनि प्रतितोला १० रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

महासंघका अनुसार मंगलबार तोलामा ४० रूपैयाँले घटेर प्रतितोला एक हजार ८ सय २० रूपैयाँ मूल्य कायम भएको चाँदी बुधबार प्रतितोला एक हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, माघ २ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend