मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

प्रतितोला ८ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

images
मंगलबार, माघ १ २०८१
images
प्रतितोला ८ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ४० रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

images
images
images

यो साता आइतबार प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेर सोमबार पनि प्रतितोला एकसय रूपैयाँले उकालो लागेको सुनको मूल्य मंगलबार भने प्रतितोला ८ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५५ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला एक लाख ५५ हजार रूपैयाँ निर्धारण गरिएको छ।

images
images

यस्तै चाँदी मंगलबार प्रतितोला ४० रूपैयाँले सस्तिएको छ। 

सोमबार प्रतितोला एक हजार ८ सय ६० रूपैयाँ मूल्य तोकिएको चाँदी मंगलबार प्रतितोला एक हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, माघ १ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend