शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

सोमबार, पुस २९ २०८१
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

सोमबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

काठमाडौं- सोमबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

यो साता आइतबार प्रतितोला १६ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला एकसय रूपैयाँले वृद्धि भएको हो।

सोमबार सुन प्रतितोला एक लाख ५५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ७ सय रूपैयाँ कायम थियो।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, पुस २९ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend