बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

एनसेलको सधैँ अनमा अब 'फ्रि अनलिमिटेड नाइट डेटा'

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २८ २०८१
images
images
एनसेलको सधैँ अनमा अब 'फ्रि अनलिमिटेड नाइट डेटा'
images
images

काठमाडौं- एनसेलले आफ्ना सधैँ अन प्याकहरू लिने ग्राहकहरूलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको जनाएको छ। एनसेलका अनुसार यससँगै अब बिनाकुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन्।

images
images
images

बिहीबार (पुष २५) बाट सुरु भएको यो योजनाअन्तर्गत सधैँ अनका ३९९ रुपैयाँबाट सुरु हुने बेस्ट र ७९९ रुपैयाँबाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन्। यसको मतबल प्याकमा पाइने बन्डल सेवा, सुविधा बाहेक अब ग्राहकहरूले यो नाइट डेटा पनि पाउँछन्।

images
images

सधैँ अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको हो। एनसेलका अनुसार ३९९, ४९९, ५९९ का बेस्ट प्याक र ७९९, ९९९ र १,४९९ रुपैयाँका अनलिमिटेड प्याक लिने ग्राहकहरूले यो योजनाबाट फाइदा लिन सक्छन्। यो थप सुविधाबाहेक कम्पनीले यी प्याकहरू लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको जनाएको छ। 

images
images
images

२८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याक अनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ।

त्यसैगरी सधैँ अनको अनलिमिटेड प्याकका ग्राहकहरूले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन्।

एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैँ अन योजना सञ्चालनमा ल्याएको थियो। यसको मुख्य औचित्य भनेको आम नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डेटा सधैँ अन राख्न प्रेरित गर्दै सशक्त बनाएर डिजिटल भविष्यतिर डोर्‍याउनु रहेको एनसेलले जनाएको छ। 


प्रकाशित : आइतबार, पुस २८ २०८११८:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend