शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

केई एक्स थ्री प्रो ईभी किन्दा ५ वर्षसम्म ब्याज नलाग्ने

आइतबार, पुस २८ २०८१
केई एक्स थ्री प्रो ईभी किन्दा ५ वर्षसम्म ब्याज नलाग्ने

सुरक्षाको हिसाबले राम्रो रहेको ब्याट्रीसहित आएको केई एक्स थ्री प्रोमा कम्पनीले ८ वर्षको वारेन्टी उपलब्ध गराएको छ।

काठमाडौं- केई ब्रान्डको ईभी एक्स थ्री प्रो किन्दा ५ वर्षसम्म कुनै पनि ब्याज नलाग्ने भएको छ।

केईको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले ५ वर्षसम्म ब्याज नलाग्ने अफर सार्वजनिक गरेको हो। ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा केई एक्सथ्री प्रो ईभी उपलब्ध हुने कम्पनीले जनाएको छ।

केई एक्स थ्री प्रोमा १ सय २० किलोवाटको मोटर र ५३.६ किलोवाट आवरको ब्याट्रीका साथ उपलब्ध रहेको छ। यसले एकपटकको फुल चार्जमा ३ सय ७० किलोमिटर रेन्ज दिनेछ। यो ईभीले २ सय ६० एनएम टर्कले दिन्छ। अफ रोड तथा सहरी यात्राका लागि यो कार उपयुक्त रहेको कम्पनीको भनाइ छ।

स्लिक डिजाइन र अत्याधुनिक विशेषता रहेको केई एक्स थ्री प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरु एलइडी हुन्। १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेसन क्लस्टर, इन्टेलिजेन्ट स्काई रुफ, ड्युअल जोन एसी, वायरलेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ।

सुरक्षाका लागि यसमा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर दिइएको छ। एडासभित्र विशेषगरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, ईबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल लगायत फिचर सामेल गरिएको छ।

सुरक्षाको हिसाबले राम्रो रहेको ब्याट्रीसहित आएको केई एक्स थ्री प्रोमा कम्पनीले ८ वर्षको वारेन्टी उपलब्ध गराएको छ।


प्रकाशित : आइतबार, पुस २८ २०८११७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend