शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, पुस २८ २०८१
प्रतितोला १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- आइतबार सुनको मूल्य नेपाली बजारमा प्रतितोला एक हजार ६ सय रूपैयाँले वृद्धि भएको छ।

गएको शुक्रबार प्रतितोला एक लाख ५४ हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता आइतबारका लागि प्रतितोला एक लाख ५५ हजार सातसय रूपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य पनि आइतबार प्रतितोला १५ रूपैयाँले बढेको छ। 

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, पुस २८ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend