काठमाडौं- सर्वाेत्तम सिमेन्ट लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
रुपन्देही सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा २०८१/०९/२६ गते सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहितको आव २०८०/०८१ को वित्तीय विवरण, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पास गरिएको छ।
कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने ३२ करोड ५५ लाख रुपैयाँबराबरको बोनस सेयर र चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने १३ करोड ९५ लाख नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।