शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार, पुस २६ २०८१
सुनचाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। 

बिहीबारको तुलनामा आज शुक्रबार सुन प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी १ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : शुक्रबार, पुस २६ २०८१११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend