शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

कमिसनको चक्करले सी-चेकका लागि कम्पनी छनोटमा लापरबाही हुँदा ६ दिनदेखि न्यारोबडी नाइन एन एकेडब्लू ग्राउन्डेड

दैनिक सवा करोड आम्दानी गुमाउँदै

images
शुक्रबार, पुस २६ २०८१
images
images
कमिसनको चक्करले सी-चेकका लागि कम्पनी छनोटमा लापरबाही हुँदा ६ दिनदेखि न्यारोबडी नाइन एन एकेडब्लू ग्राउन्डेड

अहिले २० घण्टाको उडान समय राखेर जहाज ग्राउन्डेड गरिएको छ। जहाज एक दिन ग्राउन्डेड हुँदा निगमको आम्दानी १ करोड २५ लाख रुपैयाँले गुमिरहेको छ।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनको लापरबाहीका कारण नाइन एन एकेडब्लू जहाज ६ दिनदेखि ग्राउन्डेड भएको छ। जनवरी ४ मा थाइल्याण्डबाट यात्रु लिएर काठमाडौं विमानस्थलमा अवतरणसँगै जहाज ग्राउन्डेड भएको हो।

images
images
images

समयमा नै सी-चेक नगरी जहाज ग्राउन्डेड हुनुको पछाडिका मुख्य पात्र कार्यकारी अध्यक्ष युवराज अधिकारी र नायब महाप्रबन्धक डोलेश्वर कोइराला हुन्। उनीहरूकै कारण सी-चेकका लागि कम्पनी छनोट प्रक्रिया गिजोलिएको थियो।

images
images

अधिकारी र कोइरालाले कमिसनका लागि आफूनिकट कम्पनी छनोटको खेलमा लाग्दा जहाज सी-चेकका लागि समयमा नै कम्पनी छनोट हुन सकेको थिएन। समयमा नै कम्पनी छनोट गर्दै जहाज सी-चेकमा पठाउन नसक्दा जहाज ग्राउन्डेड भएको हो।

images
images
images

न्यारोबडी जहाजको २०२४ को नोभेम्बरभित्रै सी चेकको समय आउने विषयमा सम्बन्धित विभागले ९ महिना अगाडि नै जानकारी गराएको थियो। अझ यही समयमा जहाज सी-चेक हुनपर्छ भन्ने विषय दुईवर्ष अगाडि नै थाहा थियो।

सी-चेकका लागि कम्पनी छनोटमा आफूले भनेअनुसारकै कम्पनी छिराउनका लागि अधिकारीले बारम्बार टेन्डर प्रक्रिया रद्द गराउँदै आएका थिए। कम्पनी छनोटमा लापरबाही गरिरहेका अधिकारीले जहाजको उडान आवर सेभको नीतिसमेत लागु गरेका थिए। दुबई, बैंग्लोर, मुम्बईलगायतका गन्तव्यको उडान समेत कटौती गर्दै निगमको आम्दानी घटाउने काम अधिकारीबाट नै भएको थियो।

सामान्यत: दैनिक १३ घण्टासम्म उडान गर्ने नाइन एन एकेडब्लू जहाज पछिल्लो ४ महिनादेखि दैनिक सरदरमा मुस्किलले ७ घण्टा उडान भएको थियो। त्यसमा पनि पछिल्लो महिना दैनिक ४ घण्टामात्रै जहाज उडाएर जहाज ग्राउन्डेडको सन्देश रोक्ने काम भएको थियो।

अहिले २० घण्टाको उडान समय राखेर जहाज ग्राउन्डेड गरिएको छ। जहाज एक दिन ग्राउन्डेड हुँदा निगमको आम्दानी १ करोड २५ लाख रुपैयाँले गुमिरहेको छ।

पछिल्लो सयम छनोट भएको साउर्थन चाइन इन्जिनियरिङलाई समेत ठेक्का नदिने रणनीतिअनुसार अधिकारी र कोइरालाले प्राधिकरणबाट अनुमोदन नै नभएको कम्पनीसँग सम्झौता गर्दै १० तारिखमा जहाज चीन लैजान भन्दै उडान अनुमति माग्ने नाटक मञ्चन भएको थियो। तर प्राधिकरणले उल्टै निमित्त एकाउन्टेबल म्यानेजर तथा नायब महाप्रबन्धक कोइरालालाई 'किन प्राधिकरणबाट अनुमोदन नभएको कम्पनीसँग जहाज सी-चेक गर्न पठाउन लागेको' भन्दै स्पष्टीकरण सोधेको छ।

कार्यकारी अध्यक्ष अधिकारी भने प्राधिकरणबाट समस्या उत्पन्न हुने अवस्था देखेपछि श्रीमतीको उपचारका लागि भन्दै भारत भ्रमणमा जान लागेका छन्। यता जहाज कहिले सी-चेकमा जाने हो टुंगो लाग्न सकेको छैन।

कम्पनी छनोटमा भएको चलखेल

निगमले न्यारोबडी जहाज सी-चेक (५सी र ६सी) का लागि कम्पनी छनोट गर्न भन्दै पहिलोपटक २०२४ को अगस्ट ३० मा सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाअनुसार इन्डिमार कम्पनीले प्रस्ताव पेस गरेको थियो। तर अधिकारीले अक्टोबर १० मा आएर टेन्डरको सयम १५ दिन थप गरिदिएका थिए। उक्त टेन्डरको सबै प्रक्रिया नोभेम्बरमा रद्द गर्दै नोभेम्बर ८ मा पुन: सूचना प्रकाशित गरियो।

त्यसबीचमा म्याटर ट्रेडिङले आफ्नो कम्पनीको उद्देश्य पनि परिवर्तन गरायो। त्यसपछि म्याटरले पनि टेन्डर हाल्यो। कम्पनीले कात्तिक १३ गते कम्पनी रजिष्ट्रारमा उद्देश्य परिवर्तन गराएर 'जहाज मर्मतसम्भार' पनि राखेको थियो। 

नोभेम्बर ८ मा भएको टेन्डरमा चारवटा कम्पनीले आवेदन दिएका थिए। जसमा भारतीय कम्पनी इन्डिमार, एयरवर्क साथै दुईवटा वाइडबडी सी-चेक गरेको कम्पनी एटिटेक र म्याटर ट्रेडिङ सहभागी भए।

मूल्यांकन कमिटीलाई तीनवटालाई अयोग्य ठहर गरेर म्याटर ट्रेडिङलाई ठेक्का सुम्पिनेगरी काम गर्न अधिकारी र कोइरालले दबाब दिए। तर तीनवटा कम्पनी प्राविधिक रुपमा सफल थिए। 

म्याटर ट्रेडिङको केही पनि विवरण मिलेको थिएन। उसले एयर इन्डिया कम्पनीसँगको सहकार्यका जहाज सी-चेक गर्न भनेर ठेक्कामा सहभागिता जनायो। तर एयर इन्डियाले उसलाई आधिकारिक एजेन्ट भएको प्रमाण पनि दिएको थिएन। यहाँसम्म कि उसले एजेन्ट नै दिन पाउँदैन।

सबै नक्कली विवरण राखेर ठेक्कामा सहभागी भएको कम्पनीलाई टेन्डर दिलाउन अधिकारी र कोइराला लागि परिरहे। एयर इन्डियाले पाउँदै नपाएको सिक्स-सी को अनुमतिको प्राधिकार देखाउँदै म्याटरले फर्जी दाबी गरेको थियो। 

मूल्यांकन कमिटीले कार्यकारी अध्यक्ष अधिकारीले भनेअनुसार काम नगर्ने अडान लिएपछि पुन: ठेक्का रद्द गरेर डिसेम्बर १ मा पाँच दिनको समय दिएर सूचना जारी भयो। उक्त सूचनामा पाँचवटा कम्पनीले आवेदन दिए। पुरानो चारवटा र चाइना साउर्थनसमेत ठेक्कामा सहभागी भएको थियो। सोहीअनुसार चाइना साउर्थनले ठेक्का पाएको हो। 


प्रकाशित : शुक्रबार, पुस २६ २०८१०७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend