शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटा ‘न्यु ह्वील्स, न्यु डिल्स’ को हरेक बुकिङमा आकर्षक डिल्सका साथै आकर्षक उपहार

बिहीबार , पुस २५ २०८१
टाटा ‘न्यु ह्वील्स, न्यु डिल्स’ को हरेक बुकिङमा आकर्षक डिल्सका साथै आकर्षक उपहार

यो एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग आकर्षक डिल्समा टियागो ईभी र पन्च ईभी साट्न सकिने छ।

काठमाडौं- न्यू इयर २०२५ को अवसरमा नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले आकर्षक योजना ल्याएको छ।

कम्पनीले पुस २६ देखि २८ गतेसम्म ‘न्यु ह्वील्स, न्यु डिल्स’ कार्यक्रम आयोजना गर्दैछ। यस अवधिमा टाटाको नेपालमा अत्याधिक रुचाइएको टियागो ईभी र पन्च ईभीको हरेक बुकिङमा आकर्षक डिल्सको साथै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनिले जनाएको छ।

यो एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग आकर्षक डिल्समा टियागो ईभी र पन्च ईभी साट्न सकिने छ।

आकर्षक एक्सचेन्ज बोनसको साथै उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरुले सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

‘न्यु ह्वील्स, न्यु डिल्स’ टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको हो। सो अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

कम्पनीले नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन ग्राहकलाई अनुरोधसमेत गरेको छ।


प्रकाशित : बिहीबार , पुस २५ २०८११३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend