शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

६ वर्षमा डाबर नेपालको १५ करोड ८५ लाख आयकर छली, प्रत्येक वर्षको फाइलिङमा कैफियत

images
बिहीबार , पुस २५ २०८१
images
images
६ वर्षमा डाबर नेपालको १५ करोड ८५ लाख आयकर छली, प्रत्येक वर्षको फाइलिङमा कैफियत

डाबरमा नियमविरीतको खर्च दाबी गरिएको, देखाउनुपर्ने आय नदेखाएकोलगायतका कैफियत भेटिएका छन्। बहुराष्ट्रिय कम्पनीको लेखा तथा कर फाइलिङ पारदर्शी हुने विश्वास गरिएपनि त्यस्तो नभेटिएपछि कर कार्यालयले थप अनुसन्धान अघि बढाएको छ।

images
images

काठमाडौं- बहुराष्ट्रिय कम्पनी डाबर नेपालले करछली गरेको पाइएको छ। विभिन्न आर्थिक वर्षमा डाबर नेपालले फाइलिङ गरेको कर विवरणमा कैफियत भेटिएपछि आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयले थप कर निर्धारण गरेको छ। 

images
images
images

डाबरले विभिन्न वर्षहरूमा गरेको स्वघोषणामा कैफियत भेटिएको र करछली गरेको पाइएपछि ठूला करदाता कार्यालयले कर निर्धारण गरेको हो। विभिन्न छ वटा आर्थिक वर्षको विवरणमा करछली गरेको पाइएको थियो। 

images
images

कार्यालयले गरेको अनुसन्धानबाट कम्पनीको आय विवरणअनुसार तिर्नुपर्ने पूरै कर नतिरेको पाइएपछि थप निर्धारण गरेको छ। आर्थिक वर्ष २०६८/०६९ देखि २०७३/७४ सम्मको 'फुल अडिट'मा प्रत्येक वर्ष कैफियत भेटिएको थियो। उक्त अवधिमा डाबरले नेपालमा कुल १५ करोड ८५ लाख ८९ हजार ३ सय ८ रुपैयाँ आयकर छली गरेको भेटिएको थियो। सोहीअनुसार कार्यालयले थप कर निर्धारण गरेको थियो। 

images
images
images

डाबर नेपालले आर्थिक वर्ष २०६८/०६९ मा ३ करोड १३ लाख ५८ हजार २ सय ७०, २०६९/०७० मा २ करोड ७२ लाख ८३ हजार ९ सय २२ रुपैयाँ र २०७०/०७१ मा १ करोड ५० लाख ५० हजार ७ सय ५९ रुपैयाँ आयकर छली गरेको फेला परेको थियो।

यसैगरी २०७१/०७२ मा १ करोड ५६  लाख १५ हजार ३ सय ५८ रुपैयाँ, २०७२/०७२ मा ४ करोड ४५ लाख ३४ हजार १ सय ९१ रुपैयाँ र २०७३/०७४ मा २ करोड ४७ लाख ५६ हजार ८ सय ८ रुपैयाँ आयकर छली गरेको हो।

कार्यालयको कर निर्धारणमा असन्तुष्टि जनाउँदै डाबरले सो निर्णयविरुद्ध प्रशासकीय पुनरावलोकन पनि गरेको थियो। पुनरावलोकनबाट पनि कार्यालयकै निर्णय सदर भएको छ। डाबरले सो निर्णयविरुद्ध अहिले राजस्व न्यायाधीकरणमा पुनरावेदन गरेको छ। डाबरले २०८१ को असोज १० गते न्यायाधीकरणमा रिट दर्ता गरेको हो। 

डाबरमा नियमविरीतको खर्च दाबी गरिएको, देखाउनुपर्ने आय नदेखाएकोलगायतका कैफियत भेटिएका छन्। बहुराष्ट्रिय कम्पनीको लेखा तथा कर फाइलिङ पारदर्शी हुने विश्वास गरिएपनि त्यस्तो नभेटिएपछि कर कार्यालयले थप अनुसन्धान अघि बढाएको छ। 

विदेशको खरिद तथा आपूर्तिको हिसाबकिताब पनि अबदेखि मिहीन अनुसन्धानको दायरामा आउने कर कार्यालयका एक अधिकारीले जानकारी दिए। 

काठमाडौंमा कर्पोरेट कार्यालय रहेको डाबर नेपालमा ९७.५० प्रतिशत डाबर इन्डियाको स्वामित्व छ भने नेपाली साझेदारको २.५ प्रतिशत स्वामित्व रहेको छ।

२०४७ सालको परिवर्तनसँगै नेपाल आएको डाबरले पछिल्लो सयम नेपालमा जुसलगायतका वस्तुको उत्पादन गरेर भारत निर्यात गर्दै आएको छ। निर्यातको सम्भावना बढी भएको वस्तुको उत्पादन क्षमता बढाउन डाबरले प्राथमिकता दिएको छ। 

रियल जुस, डाबर च्यवनप्रास, डाबर रेड टुथपेस्ट, हाजमोला, डाबर अमला हेयर अयल, डाबर हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिल, ह्यान्डवासलगायत डाबरका मुख्य उत्पादन हुन्।

डाबरले हर्वल प्लान्टको उत्पादनका लागि किसानहरूसँग सहकार्य गरिरहेको बताएको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पनि किसानहरूलाई सहयोग गरिरहेको कम्पनीले जानकारी दिएको छ।


प्रकाशित : बिहीबार , पुस २५ २०८११३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend