शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तोलामा पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार, पुस २४ २०८१
तोलामा पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला पाँचसय रूपैयाँले वृद्धि भएको छ।

बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार पाँचसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता मंगलबार सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार प्रतितोला २० रूपैयाँले वृद्धि भएको चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ। 

महासंघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, पुस २४ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend