शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिप्रदीद्वारा टाटा म्याजिक बीएस सिक्सको इटहरी शाखामा भव्य लन्च

मंगलबार, पुस २३ २०८१
सिप्रदीद्वारा टाटा म्याजिक बीएस सिक्सको इटहरी शाखामा भव्य लन्च

टाटा म्याजिक बीएस सिक्स गाडीमा आधुनिक बीएस सिक्स प्रविधि, ३० एचपी पावर, र उच्च माइलेजसहितका सुविधाहरू छन्।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आज इटहरी शाखाबाट टाटा म्याजिक बीएस सिक्स सार्वजनिक गरेको छ। सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले लन्च गरिएको यो गाडीले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रममा कोशी विक्रम यातायात प्रालिका अध्यक्ष संजय सिंह र इटहरी यातायात प्रालिका अध्यक्ष महेश घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित थिए। साथै, सिप्रदीका पूर्वीय क्षेत्रीय प्रबन्धक सुवास कुमार दास कार्यक्रम सभापतिको भूमिकामा थिए।

सिप्रदीका प्यासेन्जर भेहिकल्स प्रोडक्ट म्यानेजर इन्द्रमणि पोख्रेलले कार्यक्रममा भने, 'टाटा म्याजिक बीएस सिक्स ले सहरी यातायातलाई मात्र नभइ, यस क्षेत्रका व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउनेछ। यसको उच्च माइलेज, कम मर्मत खर्च, र यात्राको सुविधासहितको संरचनाले व्यावसायिक क्षेत्रमा नयाँ मानक स्थापित गर्नेछ। यसले यातायात व्यवसायीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै यात्रुहरूको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउनेछ।'

टाटा म्याजिक बीएस सिक्स गाडीमा आधुनिक बीएस सिक्स प्रविधि, ३० एचपी पावर, र उच्च माइलेजसहितका सुविधाहरू छन्। यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा लिइएको छ।

सिप्रदीले सदैव ग्राहकहरूको आवश्यकता सवारी साधन उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ। यस लन्चसँगै, कम्पनीले पूर्वीय नेपालका व्यवसायीहरूको सहरी यातायातका क्षेत्रमा टाटा म्याजिक बीएस सिक्समार्फत थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।


प्रकाशित : मंगलबार, पुस २३ २०८१११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend