शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्ने यात्रुको संख्यामा 'रेकर्ड ब्रेक'

सोमबार, पुस २२ २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्ने यात्रुको संख्यामा 'रेकर्ड ब्रेक'

सन् २०२२ मा ४४ लाख ६६ हजार १ सय ५२ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेका थिए।  यो नै आन्तरिक हवाई यात्रुको संख्यामा रेकर्ड हो।

काठमाडौं- सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ९४ लाख २३ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन्। यो एक वर्षमा यात्रा गर्ने यात्रुमा हालसम्मै धेरै संख्या हो। 

विमानस्थल कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्यामा पनि रेकर्ड भएको छ। विमानस्थल हुँदै सन् २०२४ मा ४९ लाख ६३ हजार ३ सय ६४ जना अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। यसअघि अन्तर्राष्ट्रियतर्फ सबैभन्दा धेरै सन् २०२३ मा ४५ लाख ४१ हजार एक सय ३७ जनाले हवाई यात्रा गरेका थिए। 

यसैगरी सन् २०२४ मा ४४ लाख ६० हजार ३ सय ६१ जनाले आन्तरिक हवाई यात्रा गरेका छन्। आन्तरिक हवाई यात्रामा यात्रुको संख्यामा रेकर्ड भने २०२२ मा बनेको थियो। सन् २०२२ मा ४४ लाख ६६ हजार १ सय ५२ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेका थिए।

सन् २०२४ को कुल हवाई यात्रा ९४ लाख २३ हजार ७ सय ३५ रहेको छ भने सन् २०२३ मा ८६ लाख ९१ हजार ४ सय ६३ जनाले  हवाई यात्रा गरेका थिए।


प्रकाशित : सोमबार, पुस २२ २०८११७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend