शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला एक हजार पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, पुस २१ २०८१
प्रतितोला एक हजार पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुन प्रतितोला एक हजार पाँचसय रूपैयाँले सस्तो हुँदा चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार पाँचसय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर छ।

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी आज प्रतितोला एक हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, पुस २१ २०८१११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend