शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १९ २०८१
सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो

आज शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार हुनेछ।

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको छ।

बिहीबार प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार १ लाख ५३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार हुनेछ।


प्रकाशित : शुक्रबार, पुस १९ २०८१११:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend