शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ग्लोबल आईएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आबद्ध मर्चेन्टलाई विषेश उपहार योजना

बिहीबार , पुस १८ २०८१
ग्लोबल आईएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आबद्ध मर्चेन्टलाई विषेश उपहार योजना

योजनाअवधिभर क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरुमध्ये प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन्।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ।

ग्लोबल आईएमई बैंकले आफ्नो स्थापनाको १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा यो योजना पुस १८ गते बिहीबारदेखि माघ १८ शुक्रबारसम्म सञ्चालनमा ल्याएको छ। 

यस उपहार योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकमा आबद्ध भएका तर हाल सम्म कारोबार नगरेका मर्चेन्टहरुले यस योजनाअवधीमा १ सय ८० रूपैयाँ वा सोभन्दा बढी रुपैयाँको भुक्तानी फोनपे क्यूआर कोडमार्फत प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक १ सय ८० रूपैयाँ क्यास्ब्याक प्राप्त गर्नेछन्।

योजनाअवधिभर क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरुमध्ये प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन्।

योजना अवधिभरमा ४ जना मर्चेन्टहरुले स्मार्टफोन जित्नेछन्। साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधि भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन्।


प्रकाशित : बिहीबार , पुस १८ २०८११७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend