शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बिगमार्टमा सानिमा बैंकको क्यासब्याक अफर

बिहीबार , पुस १८ २०८१
बिगमार्टमा सानिमा बैंकको क्यासब्याक अफर

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ।

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टमा विशेष क्यासब्याकको व्यवस्था गरेको छ।

यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम दुईसय रूपैयाँसम्मको क्यासब्याकको व्यवस्था रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार यो योजना २०८१ पुस १९ देखि २०८२ पुस १६ सम्म लागु हुनेछ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १ सय २५ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।

बिगमार्टको, काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ चितवनमा ४ गरी नेपालभर १ सय ७ वटा आउटलेट सञ्चालनमा छन्।


प्रकाशित : बिहीबार , पुस १८ २०८११२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend