शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कामना सेवा विकास बैंकद्वारा रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण

बिहीबार , पुस १८ २०८१
कामना सेवा विकास बैंकद्वारा रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण

बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय गरगरे मार्फत रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण गरेको छ।

रुद्रपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई आवश्यक पर्ने कम्प्युटर एक कार्यक्रम गरी बैंकको सञ्चालक समिति सदस्य भीमप्रसाद तुलाचनले हस्तान्तरण गरेका हुन्।

कम्प्युटर हस्तान्तरण गरिएकोमा कार्यक्रमको प्रमुख अतिथि कन्चन गाउपालिका अध्यक्ष नवराज ढकाल र रुद्रपुर खानेपानी संस्थाका अध्यक्ष नामबहादुर केसीले धन्यवाद ज्ञापन गरेको बैंकले जनाएको छ।

उक्त कार्यक्रममा कन्चन गाउँपालिका वडा न ३, ४ र ५ का वडा अध्यक्षलगायत कामना सेवा विकास बैंकका बुटवल क्षेत्रीय प्रमुख खिमलाल भुसाल र खानेपानी संस्थाका समिति सदस्य एवम् कर्मचारीको उपस्थिति रहेको थियो। 

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।


प्रकाशित : बिहीबार , पुस १८ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend