शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य तोलामा पाँचसय रूपैयाँले बढ्यो

बिहीबार , पुस १८ २०८१
सुनको मूल्य तोलामा पाँचसय रूपैयाँले बढ्यो

बिहीबार सुन प्रतितोला पाँचसय रूपैयाँले महँगो हुँदा चाँदीको मूल्य पनि प्रतितोला २५ रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- बुधबारको तुलनामा बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले वृद्धि भएको छ।

बिहीबार सुन प्रतितोला एक लाख ५१ हजार पाँचसय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता बुधबार सुन तोलामा १४ सय रूपैयाँले वृद्धि हुँदै प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भएको थियो।

बुधबार स्थिर रहेको चाँदीको मूल्य पनि बिहीबार प्रतितोला २५ रूपैयाँले बढेको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , पुस १८ २०८१११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend