शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

यती एयरलाइन्सले ल्यायो ‘यती ट्राभल कार्ड’, २५ हजारमा १० वटा टिकट

बुधबार, पुस १७ २०८१
यती एयरलाइन्सले ल्यायो ‘यती ट्राभल कार्ड’, २५ हजारमा १० वटा टिकट

यो कार्डमार्फत यती एयरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिन्छ।

काठमाडौं- नयाँ वर्ष सन् २०२५ को अवसरमा निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गरेको छ। ‘यती ट्राभल कार्ड’ अघि सार्दै यती एयरलाइन्सले यो योजना घोषणा गरेको हो।

यस योजनाअन्तर्गत, ग्राहकहरुले एकमुस्ट २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन्। उक्त कार्डमार्फत् सदस्यले यती एयरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्नसक्ने यती एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका अनुसार टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन र नेपाली यात्रुहरूलाई मात्र लागु गरिएको छ।

यती एयरलाइन्सले धेरै यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकहरूलाई लक्षित गर्दै सो कार्ड सेवा सञ्चालनमा ल्याएको हो।


प्रकाशित : बुधबार, पुस १७ २०८११७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend