काठमाडौं- मंगलबार प्रतितोला एक हजार रूपैयाँले घटेको सुनको मूल्य बुधबार भने प्रतितोला एक हजार चारसय रूपैयाँले बढेको छ।
बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन प्रतितोला एक लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै मंगलबार प्रतितोला ३० रूपैयाँले सस्तिएको चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ।
बुधबार चाँदी प्रतितोला एक हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।