शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तोलामा एक हजार चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार, पुस १७ २०८१
तोलामा एक हजार चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार चारसय रूपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ।

काठमाडौं- मंगलबार प्रतितोला एक हजार रूपैयाँले घटेको सुनको मूल्य बुधबार भने प्रतितोला एक हजार चारसय रूपैयाँले बढेको छ।

बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन प्रतितोला एक लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै मंगलबार प्रतितोला ३० रूपैयाँले सस्तिएको चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ।

बुधबार चाँदी प्रतितोला एक हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, पुस १७ २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend