शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भारतमा कल गर्दा लाग्ने महसुल दर र पल्स दर परिमार्जन

मंगलबार, पुस १६ २०८१
भारतमा कल गर्दा लाग्ने महसुल दर र पल्स दर परिमार्जन

एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको छ।

काठमाडौं- नेपाल टेलिकमले विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरुमध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भइ पुस १५ गते राति १२ बजेदेखि लागु हुनेगरी एक्सेस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३.७६ रूपैयाँ कायम गरिएको टेलिकमले जनाएको छ।

साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको छ।


प्रकाशित : मंगलबार, पुस १६ २०८११६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend