काठमाडौं- नेपाल टेलिकमले विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरुमध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भइ पुस १५ गते राति १२ बजेदेखि लागु हुनेगरी एक्सेस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३.७६ रूपैयाँ कायम गरिएको टेलिकमले जनाएको छ।
साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको छ।