शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार, पुस १६ २०८१
प्रतितोला एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला एक हजार र चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ३० रूपैयाँले सस्तिएको छ।

सोमबार प्रतितोला एक लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला एक लाख ४९ हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी मंगलबार प्रतितोला एक हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय ९५ रूपैयाँ कायम थियो। 


प्रकाशित : मंगलबार, पुस १६ २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend