शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

लिपमोटर सी १० अब नेपालगञ्जमा पनि

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १६ २०८१
लिपमोटर सी १० अब नेपालगञ्जमा पनि

आकर्षक डिजाइन र आधुनिक  प्रविधिका लागि प्रसिद्ध लिपमोटर सी१० अब नेपालगञ्जका ग्राहकहरूको लागि उपलब्ध हुनेछ र बुकिङह समेत आधिकारिक रूपमा खोलिएका छन्।

नेपालगञ्ज- साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटरको प्रमुख मोडेल सी१० गाडीलाई नेपालगञ्जमा सार्वजनिक गरेको छ। आधिकारिक डिलरशिपद्वारा आयोजना गरिएको कार्यक्रममार्फत नेपालको विद्युतीय गाडी बजारको परिवर्तनमा लिपमोटरको प्रतिबद्धता व्यक्त गरिएको छ।

पुस १५  गते सिद्धार्थ होटेलमा शुभ लाभ इन्टरप्राइजेज नेपालगञ्जले कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा पाँचवटा लिपमोटर सी१० गाडीहरू ग्राहकहरूलाई आधिकारिक रूपमा हस्तान्तरण गरिएको थियो।

आकर्षक डिजाइन र आधुनिक  प्रविधिका लागि प्रसिद्ध लिपमोटर सी१० अब नेपालगञ्जका ग्राहकहरूको लागि उपलब्ध हुनेछ र बुकिङह समेत आधिकारिक रूपमा खोलिएका छन्।

यो मोडेल वातावरणमैत्री ग्राहकहरूको लागि डिजाइन गरिएको छ जसले परिष्कृत र दिगो भविष्यलाई सोचेर बनाइएको छ। यसको अत्याधुनिक सुविधाहरू र आकर्षक डिजाइनले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेछ  जुन विद्युतीय सवारीमै आफ्नो भविष्य सजाउनेहरूको अत्यन्तै राम्रो छ।

साङ्ग्रिला मोटर्स प्रालि नेपालको प्रतिष्ठित घराना गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ। यो कम्पनीले २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोन र हाल लिपमोटरको आधिकारिक आयातकर्ता रहँदै आएको छ। अर्गनाइजेसन नेपालमा विश्वस्तरीय मोटर ब्रान्डहरू ल्याउन र नेपालीहरुलाई विश्वस्तरको सुविधा प्रदान गर्नको लागि सधैं प्रतिबद्ध छ। 

यो माइलस्टोन नेपालमा विद्युतीय गाडीहरूको बढ्दो माग र साङ्ग्रिला मोटर्सको विश्वस्तरीय विद्युतीय सवारीको  सेवा, सुविधा प्रदान गर्ने प्रतिबद्धता अनुरुप छ।


प्रकाशित : मंगलबार, पुस १६ २०८११०:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend