शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा विस्तार

आइतबार, पुस १४ २०८१
फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा विस्तार

एभरेष्ट बैंकले देशभर रहेका आफ्ना १ सय ३१ शाखा सञ्जालमार्फत करिब १४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले पाँचथरको फिदिम र ताप्लेजुको फुङलिङमा दुई नयाँ शाखा विस्तार गरेको छ।

कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध ती ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

यी दुई शाखाको सञ्चालनपश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ। यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालमार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकहरूलाई सहज हुने विश्वास बैंकको छ।

एभरेष्ट बैंकले देशभर रहेका आफ्ना १ सय ३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १ सय ६७ एटीएमसहित विश्वव्यापी नेटवर्कमार्फत करिब १४ लाखभन्दा बढी ग्राहकलाई मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा दिइरहेको छ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जनाएको छ।


प्रकाशित : आइतबार, पुस १४ २०८११२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend