शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

लिपमोटरको सी१० एकसय वटा बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १४ २०८१
लिपमोटरको सी१० एकसय वटा बिक्री

यस उपलब्धिले लिपमोटरको नवीनतम प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतामा ग्राहकहरूले देखाएको रुचि र विश्वासलाई पुष्टि गरेको कम्पनीको भनाइ छ।

काठमाडौं- लिपमोटर नेपालले छोटो समयमै १ सय वटा लिपमोटर सी१० कारहरू बिक्री गर्न सफल भएको छ। लिपमोटरको नेपालका लाथि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले यो सफलता हात पारेको हो। 

नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा क्रान्ति ल्याउने आफ्नो मिसनतर्फको महत्वपूर्ण उपलब्धिको शुभारम्भ भएको सांग्रिला मोटर्सले जनाएको छ।

यस उपलब्धिले लिपमोटरको नवीनतम प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतामा ग्राहकहरूले देखाएको रुचि र विश्वासलाई पुष्टि गरेको कम्पनीको भनाइ छ।

लिपमोटर नेपालका प्रवक्ता भन्छन्, 'लिपमोटर सी१० प्रति ग्राहकहरूले देखाएको विश्वासका लागि हामी अत्यन्त आभारी छौँ। यो उपलब्धिले नेपालमा गुणस्तरीय विद्युतीय सवारी साधनप्रतिको माग दिनानुदिन बढिरहेको स्पष्ट संकेत गर्दछ। हामी उत्कृष्ट उत्पादन र बिक्रीपछिको सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ।'

लिपमोटर परिवार अझै मजबुत हुँदै जाँदा कम्पनीले नवीनम प्रविधियुक्त, वातावरणमैत्री सवारी साधनमार्फत ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न केन्द्रित रहिरहने प्रतिब‌द्धता जनाएको छ।


प्रकाशित : आइतबार, पुस १४ २०८१११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend