काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले सस्तिएको छ।
गएको शुक्रबार प्रतितोला एक लाख ५० हजार सातसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबारका लागि प्रतितोला एक लाख ५० हजार दुईसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि गएको शुक्रबाको तुलनामा यो साता आइतबार प्रतितोला २५ रूपैयाँले घटेको छ।
महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।