शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, पुस १४ २०८१
प्रतितोला पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला २५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले सस्तिएको छ।

गएको शुक्रबार प्रतितोला एक लाख ५० हजार सातसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबारका लागि प्रतितोला एक लाख ५० हजार दुईसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि गएको शुक्रबाको तुलनामा यो साता आइतबार प्रतितोला २५ रूपैयाँले घटेको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, पुस १४ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend