शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

केई ब्रान्डको ३० वटा इक्युट ०४ एकैपटक उपभोक्तालाई हस्तान्तरण

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ११ २०८१
केई ब्रान्डको ३० वटा इक्युट ०४ एकैपटक उपभोक्तालाई हस्तान्तरण

दुई कम्पनीले बिक्री गरिरहेको केई इक्युट ०४ को विशेष रुपमा सुरुवाती मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री गरिरहेका छन्।

काठमाडौं- जीओ अटोमोबाइल र लक्ष्मी ई मोबिलीटीले एकैपटक ३० वटा केई ब्रान्डको इक्यूट ०४ हस्तान्तरण गरेका छन्। गत भदौमा भएको नाडा अटो शोमा केई ब्रान्ड नेपाली बजारमा सार्वजनिक भएको थियो। 

केईको ५ ढोके कार इक्यट ०४ बिहीबार एकै दिन ३० वटा ग्राहकलाई हस्तान्तरण गरिएको हो। केई ब्रान्ड दुई कम्पनीहरू जीओ अटोमोबाइल र लक्ष्मी ई मोबिलिटीले आधिकारिक बिक्रेताका रुपमा नेपाल ल्याएका हुन्। दुवै कम्पनीले छुट्टाछुट्टै शोरुम राखेर बिक्री गरिरहेका छन्।

इक्युट ०४ मा ४० किलोवाटको मोटर, सीएटीएलले बनाएको २८.०४ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ। कम्पनीका अनुसार यो कारले एकपटकको फुल चार्जमा ३ सय किलोमिटरसम्म रेन्ज दिन्छ। सहरी यात्राका लागि उपयुक्त मानिएको यो कारमा १ सय ६५ एमएमको ग्राउण्ड क्यिरेन्स छ भने २ सय ३७ लिटरको बुट स्पेस उपलब्ध छ। 

अत्याधुनिक विशेषताले भगरिएको यो कारको क्याबिनमा सेन्टर एलसीडी टचस्क्रीन, ब्लुटूथ कनेक्टिभिटी, एप्पल कारप्ले, एन्डरोइड अटो तथा ६ वटा स्पीकरसहितको साउन्ड सिस्टम रहेको छ। यो कारमा किलेस इन्ट्री, वानटच स्टार्ट, कन्सिल्ड इलेक्ट्रीक डोर ह्याण्डल तथा एड्भान्स इनर्जी रिकभरी सिस्टमसमेत छ। 

सुरक्षाको लागि यो कारमा एबीएस, ईबीडी, टीसीएस, टायरप्रेसर मोनिटरिङ सिस्टम, डुअल एयरब्यागलगायत विशेषता उपलब्ध छ। केई इक्युट ०४ले फास्ट चार्जिङसमेत सपोर्ट पर्छ। 

दुई कम्पनीले बिक्री गरिरहेको केई इक्युट ०४ को विशेष रुपमा सुरुवाती मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री गरिरहेका छन्। योसँगै केईका अन्य दुई मोडलका विद्युतीय कार नेपाली बजारमा उपलब्ध रहेका छन्। 


प्रकाशित : बिहीबार , पुस ११ २०८११८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend