शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भोलिदेखि सांग्रिला मोटर्सको नयाँ वर्ष एक्सचेन्ज कर्निभल २०२५

बिहीबार , पुस ११ २०८१
भोलिदेखि सांग्रिला मोटर्सको नयाँ वर्ष एक्सचेन्ज कर्निभल २०२५

यस विशेष कार्निभलमा तीन उल्लेखनीय अटोमोटिभ ब्रान्डहरू लिपमोटर, सिट्रोन र प्युजोका गाडी प्रदर्शन गरिनेछ। यी ब्रान्डहरूले अत्याधुनिक प्रविधि, विविध शैली र प्रदर्शनलाई एउटै छानामुनि प्रस्तुत गर्दैछन्।

काठमाडौं- गोल्छा अर्गनाइजेसनको सदस्य सांग्रिला मोटर्स प्रालिले नयाँ वर्षको विशेष अवसर पारेर नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५ को घोषणा गरेको छ। यस कार्निभललाई नयाँ वर्ष जस्तै नविनतम एवम्  अविस्मरणीय उत्सवको रुपमा सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ। 

यही डिसेम्बर २७ अर्थात भोलीदेखि कार्निभल सुरु हुनेछ।  पुस १२ र १३ गते दुई दिन गैरीधाराको सिल्भर ओकमा आयोजना हुन लागेको कार्यक्रममा नयाँ वर्षको सुरुवातसँगै अटोमोटिभ दुनियाँका उत्कृष्ट अनुभवहरू अन्वेषण गर्ने अवसर प्राप्त  हुनेछ।

यस विशेष कार्निभलमा तीन उल्लेखनीय अटोमोटिभ ब्रान्डहरू लिपमोटर, सिट्रोन र प्युजोका गाडी प्रदर्शन गरिनेछ। यी ब्रान्डहरूले अत्याधुनिक प्रविधि, विविध शैली र प्रदर्शनलाई एउटै छानामुनि प्रस्तुत गर्दैछन्। 

यस कार्निभलमा सहभागीहरूले आकर्षक अफरहरूको फाइदा लिन सक्नेछन्। साथै आफ्नो पुरानो गाडीको लागि उत्कृष्ट मूल्यांकन र सहज फाइनान्सिङ सुविधाको उपयोग गरी आफ्नो सपनाको गाडी खरिद गर्न सक्नेछन्। 

यस कार्यक्रमले सहभागीहरूलाई नयाँ मोडेलहरूको टेस्ट ड्राइभ गर्ने अवसर पनि प्रदान गर्ने कम्पनीले जनाएको छ। जसले ती गाडीहरूको लक्जरियस, प्रफर्मेन्स र आधुनिक प्रविधिको  विशेषताहरू प्रत्यक्ष अनुभव गर्न पाइनेछ। कार्यक्रम शुक्रबार र शनिबार बिहान १० बजेदेखि साझा ५ बजे सम्म सिल्भर ओकमा हुनेछ। 


प्रकाशित : बिहीबार , पुस ११ २०८११४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend