काठमाडौं- काठमाडौंको कमलादीमा रहेको विभान्ता डेन्टल हस्पिटल प्रालि र धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालिको दन्त सेवासुविधामा प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवार र ग्राहकले २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
उक्त सम्झौतापत्रमा विभान्ता डेन्टल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटिङ म्यानेजर सविन राणाले हस्ताक्षर गरे।
प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय ११ शाखा कार्यालयहरु, २ सय ८४ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्पत करिब ३५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ।