शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

छेङ्दुबाट १२६ चिनियाँसहित सिचुवान एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा अवतरण

images
बिहीबार , पुस ११ २०८१
images
images
छेङ्दुबाट १२६ चिनियाँसहित सिचुवान एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा अवतरण

सिचुवानको यो तेस्रो चार्टर उडान हो। यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन्।

images
images

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ।

images
images
images

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो।

images
images

चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो। पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदैछ। विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन।

images
images
images

चार्टर उडानबाट आशा जगाउने काम भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। सिचुवानको यो तेस्रो चार्टर उडान हो। यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन्। रासस

 


प्रकाशित : बिहीबार , पुस ११ २०८११२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend