शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

एमएडब्लू राइड्सले गर्‍यो ब्लू स्ट्रिक्स च्याप्टर लिडर नियुक्ति कार्यक्रमको सफल आयोजना

images
बिहीबार , पुस ११ २०८१
images
images
एमएडब्लू राइड्सले गर्‍यो ब्लू स्ट्रिक्स च्याप्टर लिडर नियुक्ति कार्यक्रमको सफल आयोजना

कार्यक्रमको मुख्य आकर्षण एमएडब्लु राइड्स र च्याप्टर लिडरहरू बीचको समझदारी पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका थिए।

images
images

काठमाडौं- नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभरिका च्याप्टर लिडरहरूलाई स्वागत गर्न ब्लू स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिंग इभेन्टको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ।

images
images
images

सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलंकी), भक्तपुर, सिन्धुली र पोखराका प्रतिनिधिहरू ब्लू स्ट्रिक्स पहलअन्तर्गत सहकार्य, नेतृत्व र समुदाय सञ्चालित प्रगतिको यात्रामा जुटेका थिए।

images
images

कार्यक्रमको मुख्य आकर्षण एमएडब्लू राइड्स र च्याप्टर लिडरहरू बीचको समझदारी पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका थिए। यसले यामाहा र यसका राइडर कम्युनिटीहरू बीचको सम्बन्धलाई सुदृढ बनाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा काम गर्नेछ।

images
images
images

यो माइलस्टोन सम्झौताले स्थानीय नेतृत्वलाई बढावा दिन र ब्लू स्ट्रिक्स कार्यक्रममार्फत् क्षेत्रीय संलग्नता बढाउन बलियो आधार तय गर्ने कम्पनीको दाबी छ। यस अवसरमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक र सीईओ दीपककुमार अग्रवालले नवनियुक्त लिडरहरूलाई सेरेमोनियल च्याप्टर लिडर किटहरू हस्तान्तरण गरे।

कार्यक्रममा सम्बोधन गर्दै अग्रवालले भने, 'ब्लू स्ट्रिक्स पहल समुदाय र नेतृत्वको शक्तिप्रति हाम्रो अटल विश्वासको प्रमाण हो। स्थानीय लिडरहरूलाई सशक्तिकरण गरेर हामीले साझा जोश, जिम्मेवारी र नवीनतामा हुर्किने एउटा बलियो र थप एकताबद्ध यामाहा परिवार सिर्जना गर्ने लक्ष्य राखेका छौँ।'

कम्पनीका अनुसार सामुदायिक विकास र सहायताको प्रमुख चालकको रूपमा आफ्ना लिडरहरूलाई पहिचान र सशक्तिकरण गर्ने यामाहाको समर्पणलाई यस कार्यक्रमले थप सुदृढ बनाएको छ। कार्यक्रमले साझा मूल्य, सुरक्षा र नेतृत्वमा आधारित राइडर समुदायको निर्माण गर्न एमएडब्लू राइड्सको क्रियाशीलताको प्रमाणको रूपमा पनि काम गरेको बताइएको छ।

ब्लू स्ट्रिक्स कार्यक्रममार्फत् स्थानीय लिडरहरूलाई सशक्तिकरण गरेर एमएडब्लू राइड्सले आफ्ना राइडरहरूसँगको गहिरो सम्बन्धलाई मात्र नभइ नेपालभरि नै एक जीवन्त र एकताबद्ध सवारी संस्कृतिलाई बढावा दिन पनि योगदान पुर्‍याइरहेको कम्पनीको भनाइ छ।


प्रकाशित : बिहीबार , पुस ११ २०८१११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend