शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एमएडब्लू वृद्धिले भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

बिहीबार , पुस ११ २०८१
एमएडब्लू वृद्धिले भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

यो शुभारम्भले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अझै बलियो बनाएको कम्पनीको भनाइ छ।

काठमाडौं- नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि कमर्सियल प्रालिले भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ।

कम्पनीले बुधबार क्रिसमसको अवसर पारेर भक्तपुरमा आफ्नो शोरुम सञ्चालनमा ल्याएको हो। यो शुभारम्भले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अझै बलियो बनाएको कम्पनीको भनाइ छ।

एमएडब्लू समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्सियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन, एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्तालगायत अन्य विशिष्ट अतिथि, मिडिया र सरोकारवालाहरूको उपस्थितिमा उक्त शोरुमको औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ।

भक्तपुरको गट्ठाघरमा अवस्थित शोरुमले आगन्तुकहरूलाई सोकोनका नवीनतम ईभी मोडलहरू प्रदर्शन गर्दै इमर्सिभ अनुभव प्रदान गर्दछ। ग्राहकको आराम र सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको यो सुविधासम्पन्न शोरुममा व्यक्तिगत परामर्श, उत्पादन प्रदर्शन र परीक्षण ड्राइभहरू प्रदान गर्न विशिष्ट प्रशिक्षण प्राप्त कर्मचारीहरूको समर्पित टोली तयार रहने छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा उद्घाटनका दौरान एघारवटा सोकोन गाडीहरू उनीहरुकै नयाँ मालिकहरूलाई वितरण गरिएको थियो। भक्तपुर शोरुमको उद्घाटनले नेपालमा एमएडब्लु वृद्धिको उपस्थितिलाई बलियो बनाउँदै पहुँचयोग्य र नवीन अटोमोटिभ समाधानहरू उपलब्ध गराउने समर्पणलाई पनि सुदृढ बनाएको कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , पुस ११ २०८१११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend