शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला ६ सय रूपैयाँले महँगियो सुन

बिहीबार , पुस ११ २०८१
प्रतितोला ६ सय रूपैयाँले महँगियो सुन

बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

काठमाडौं- बुधबार सामान्य घटेको सुनको मूल्य बिहीबार भने प्रतितोला ६ सय रूपैयाँले वृद्धि भएको छ।

बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३ सय रूपैयाँ तोकिएको छ।

बुधबार सुन प्रतितोला एकसय रूपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार सातसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने बिहीबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार यो साता बुधबार प्रतितोला पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ८ सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , पुस ११ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend